चन्द्रनिगाहपुरबाट अबैध याैन धन्दाकाे अाराेपमा ६ जना प्रहरी नियन्त्रणमा

राैतहट १४ साउन
राैतहटकाे चन्द्रनिगाहपुरबाट अबैध याैन धन्दामा संलग्न भएकाे भन्दै एक हाेटलबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५ स्थित मालिङ्गाे हाेटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ । साे हाेटलमा अबैध याैन धन्दा भइरहेकाे छ भन्ने सुचनाका अाधारमा प्रहरीले हाेटलमा साेमबार छापा मार्ने क्रममा २ युवती र ४ युवकलाई पक्राउ गरेर लगेकाे स्थानियले बताएका छन । साे घटना सम्बन्धि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले केही प्रतिक्रिया दिएकाे छैन ।
साेमबार बिहान अन्दाजी ११ बजेकाे समयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यानमा राखेर उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर लगिएको छ । पूर्व पश्चिम राजमार्गको जगत आयल स्टोर्स नजिकै रहेको मालिङ्गो होटलमा अवैध रुपमा यौनधन्दा भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले सो होटलमा छापा मारेकाे जनाइएकाे छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर भित्र लगेर सोधपुछ गर्ने काम भइरहेको प्रहरी स्रोतकाेकाे भनाई रहेकाे छ ।

ताजा समाचार

Related Articles