रौतहटमा एचआइभी एड्सको संक्रमितको सङ्ख्या बढ्दै, बर्षमा  थपिए १४२ जना संक्रमित

रौतहट,१३ साउन । रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको एक तथ्याङ्कले बताएका छन् । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।
त्यस अघिको आर्थिक बर्ष २०७९/०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो । एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गर्दै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छन् ।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको  संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन ।
चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन।यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा बिजयपुरमा १०  ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन । यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५  र यमुनामाइ  २१ ,दुर्गाभगबती गाउपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एडस रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन ।
एचआइभी एडस संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिनसक्ने  डाक्टर ठाकुरले जानकारी दिएका छन ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जानेगरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुनेगरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।
शिक्षा र चेतनाको अभावले अती बिपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरु सुरक्षाको साधन अपनाउन लापरवाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।

ताजा समाचार

Related Articles