राैतहट १३ साउन
राैतहटकाे चन्द्रनिगाहपुरमा अाइतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राज कुमार राईले परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएकाे छ । प्रहरी नायव उपरीक्षक राईले राैतहटकाे चन्द्रपुर र गुजरा नगरपालिकाका वडाका अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधी, समाजसेवी,नागरिक समाज,उद्योग वाणिज्य संघ, होटल ब्यावसायी संघ, सुनचाँदी व्यवसायी संघका प्रतिनिधी,महिला कर्मी, बैंक वितिय संस्था,अस्पतालाका प्रतिनिधी,यातायात व्यवसायी संघका प्रतिनिधी लगायतका पदाधिकारीहरुसंग परिचयात्मक कार्यक्रम गर्नु भएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । साे परिचयात्मक कार्यक्रमका साथमा चन्द्रपुर र गुजरा नगरपालिका क्षेत्र भित्रको समग्र शान्ति सुरक्षाको सम्वन्धमा राय सुझाई समेत लिनु डिएसपि राईले बताउनु भयाे । कार्यक्रममा सहभागीहरुले नगरपालिका क्षेत्रमा शान्ति सुरक्षाका साथै सुशासनकाे लागि प्रहरीसंग सदैब सहकार्य गर्ने प्रतिबद्धता जनाएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएकाे छ ।

