राैतहट ११ साउन
राैतहटकाे चन्द्रनिगाहपुरबाट नक्कली नाेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको जनाएकाे छ । रौतहटको चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ति चेकिङ टोलीले चन्द्रपुर – १० बालचनपुर स्थित राजकुमार साहले सञ्चालन गरेको महावीर आयल स्टोर्स पेट्रोल पम्पमा निजहरुकाे सुपर स्पेलेण्डर मोटरसाइकलमा पेट्रोल हालीरहेको मोटरसाइकलमा नक्कली नोट ओसार पसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सर्लाही गोडैता – ८ का बर्ष ३२ को नजरे आलम र सोही पालिकाका बर्ष २४ को ईमामुल हक दर्जीलाई खानतलासी रहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका इमामुल हक दर्जीले चलाएको प्रदेश ०२-०२१ प. ६३६८ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकलको सिट कभरमा नेपाली नक्कली नोट एक हजारका दरले १३ थान जम्मा १३,००० को नेपाली नोट र मोटरसाइकल प्रहरीले बरामत गरेका जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । निज मोटरसाइकल चालक ईमामुल हक दर्जी र सोही मोटरसाइकल पछाडी सवार नजरे आलम दर्जीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले जानकारी दिनु भयाे ।

