रौतहट २० बैशाष
मधेस प्रदेशमा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने विषयमा आएको अभिव्यक्तिप्रति तीव्र नेकपाका कार्यकर्ताहरुले असन्तुष्टि र विरोध जनाइएको छ । नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व रहेको रौतहटमा यस्तो अभिव्यक्ति आउनु आपत्तिजनक, असंवेदनशील र खतरनाक संकेत भएको भन्दै विभिन्न पक्षले आलोचना गरेका छन् ।
पछिल्लो केही दिनदेखि रौतहटका नहर क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी बस्तिमा डोजर चलाउनृ तयारी तिब्र बनाइरहेको बेला रौतहटको चन्द्रनिगाहपुरका नेकपा कार्यकर्ताहरुले विरोध जनाएका छन । दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्बासी नागरिकहरूलाई उचित विकल्प बिना हटाउने तयारी गर्नु मानवअधिकारको उल्लङ्घन भएको उनीहरुको ठकर छ । उनीहरूले विगतमा यही बस्तीलाई “भोट बैंक” बनाउँदै चुनाव जित्ने र अहिले त्यही समुदायलाई विस्थापित गर्ने प्रयास गर्नु दोहोरो चरित्र भएको आरोप लगाएका छन् ।
यस विषयमा नेपाली कम्प्युनिष्ट पार्टीका संसदीय दलका नेता युवराज भट्टराइ समीरको मौनतामाथि पनि प्रश्न उठाइएका छन । “जनताको प्रतिनिधित्व गर्ने नेतृत्वले यस्तो संवेदनशील मुद्दामा किन चुप बसिरहेको छ ?” भन्ने प्रश्न सार्वजनिक रूपमा उठ्न थालेको छ । विरोधकर्ताहरूले स्पष्ट रूपमा भनेका छन् कि यदि विकासकै नाममा बस्ती हटाउने योजना छ भने पहिला व्यवस्थित पुनर्वास, सुरक्षित बसोबास र स्पष्ट कार्ययोजना ल्याइनुपर्छ । न्यूनतम मानवीय मापदण्डसमेत पूरा नगरी जबर्जस्ती बस्ती हटाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने उनीहरूको भनाइ छ ।
साथै, उनीहरूले चेतावनी दिएका छन् कि गलत कदम चालिएमा आफ्नै पार्टी भए पनि समर्थन नगर्ने र आवश्यक परे सडक आन्दोलनसम्म जाने तयारी रहेको छ। “सुकुम्बासी बस्तीमा डोजर चल्न दिइने छैन, अन्यायको डटेर प्रतिवाद गरिनेछ,” उनीहरूले बताएका छन् । स्थानीय तहको निर्वाचनका बेला यही बस्तीमार्फत विभिन्न विकासका सपना देखाएर मत माग्ने तर सत्तामा पुगेपछि ती वाचा बिर्सने प्रवृत्ति अब सह्य नहुने भन्दै जनताको भरोसामाथि खेलवाड गर्नेहरूलाई इतिहासले माफी नदिने चेतावनी समेत दिइएको छ ।

