राैतहटबाट श्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिक पक्राउ

रौतहट १० साउन
राैतहट प्रहरीले स्राेत नखुलेकाे ४ लाख ४० हजार नेपाली रकम सहित एक भारतीय नागरिक पक्राउ परेकाे छ । राैतहटकाे गाैर भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीकाे टाेलीले चेकजाच गर्ने क्रममा साे रकमसहित  भारतीय नागरिकलाई पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले जानकारी दिएको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको BR 30 AC 7914 नम्बरको भारतिय मोटरसाइकललाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ४ लाख ४० हजार रुपैयाँ सहित पक्राउ परेको सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनु भयाे ।पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाकाे बैरगनिया -८ असोगी टोल बस्ने  अन्दाजी वर्ष ४७ को प्रदिप कुमार वर्मा पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनु भयाे । वर्माले चढेको मोटरसाइकलको  भाईजर भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेको बताइएकाे छ । पक्राउ परेको वर्मा सहित मोटर साईकल Hero Splendor नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि  गौर भन्सार कार्यालयमा रौतहटमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनु भएकाे छ ।

ताजा समाचार

Related Articles