चादी शहिद स्मृति पार्क ओझेलमाः करोडौं लगानीको पर्यटकीय गन्तव्य उपेक्षामा

चन्द्रनिगाहपुर २२ बैशाष
रौतहटको चन्द्रपुर स्थित चादी शहिद स्मृति पार्क अहिले उपेक्षाको शिकार बन्दै गएको छ । एक समय मधेश प्रदेशकै नमुना पर्यटकीय गन्तव्यको रूपमा चिनिएको यो पार्क अहिले बेवारिसेजस्तै अवस्थामा पुगेको छ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको पार्कमा अहिले सुनसान छाएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने यो स्थानमा अहिले पर्यटकको उपस्थिति शून्यजस्तै देखिन्छ । पार्कभित्र निर्माण गरिएका स्टेज, शहीद स्तम्भ, बाल उद्यान, स्तूपा, शौचालय, विश्रामस्थलका बेन्च , तत्कालिन समय बनाइएको क्वारानटाइन एवम सभा हल लगायतका संरचनाहरू जीर्ण बन्नुका साथै झाडीले छोपिएको अबस्थामा रहेको छ । निर्माण भएका सम्पुर्ण संरचनाहरू झाडीले ढाकिएका छन् भने केही भत्किने अवस्थामा पुगेका छन् । अहिले सो पार्कमा फाट्टफुट्ट आउने पर्यटकहरुलाई प्रबेश शुल्क स्वरुप प्रतिब्यक्ति रु. २० रुपिया , पिकनिक स्टल शुल्क रु. ३०० रुपिया , पानी बति शुल्क रु. २०० रुपिया , मोटरसाइकल शुल्क रु. २० रुपिया , अटो रिक्सा शुल्क रु. ३० रुपिया , कार भ्यान शुल्क रु. ५० रुपिया , बस ट्रक ट्याक्टर शुल्क रु. १०० रुपिया शुल्क असुल्दै आएको छ । सो शुल्क वनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहको नाममा असुल्दै आएको पाइएको छ । बर्षमा स्थानिय सरकारलाई ८ लाख ५० हजार तिर्नुे तर समृति पार्क नै बन्द हुने अबस्था रहेको शुल्क असुल्न बसेका २ युवाहरुले हामीलाई बताएका छन ।


पार्कभित्र सञ्चालनमा रहेको क्यान्टिनसमेत पर्यटकको अभावमा बन्द भएको सञ्चालकले बताएका छन् । पर्याप्त सम्भावना हुँदा हुँदै पनि संरक्षण र व्यवस्थापनको अभावले पार्कको आकर्षण दिनप्रतिदिन सम्झनामा मात्रै सीमित हुने अबस्थामा पुगेको छ । विशेषगरी पार्कभित्र रहेका दुईवटा पोखरीलाई व्यवस्थित गरी डुङ्गा सञ्चालन गर्न सके पर्यटक तान्न सकिने स्थानीयको धारणा छ । तर, यसतर्फ स्थानीय सरकारको ध्यान नपुगेको गुनासो बढ्दै गएको छ । शहीदहरूको स्मृतिमा निर्माण गरिएको यस पार्कको संरक्षणमा लापरबाही हुँदा राज्यको ठूलो लगानी खेर जाने अबस्थामा पुगेको छ । समयमै सम्बन्धित निकायले चासो नदिए चन्द्रपुरको पहिचानसँग जोडिएको यो महत्त्वपूर्ण पर्यटकीय स्थल इतिहासमै सीमित हुने खतरा देखिएको छ ।

ताजा समाचार

Related Articles