रौतहट २० बैशाष
रौतहटको चन्द्रपुर स्थित होटल मालिङगोमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणालीसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ रौतहटको आयोजनामा तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (संघीय महासंघ) को सहयोगमा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक वनसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । तालिममार्फत मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणालीको प्रयोग, यसको महत्व र वन व्यवस्थापनमा यसले पार्ने प्रभावबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । जलवायु परिवर्तनका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै यस्ता सूचना प्रणालीको प्रयोगले वन संरक्षण, विपद् न्यूनीकरण तथा दिगो व्यवस्थापनमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

