राैतहट ८ साउन
राैतहटकाे चन्द्रनिगाहपुरबाट गत शुक्रबार १० किलाे गाजासहित एकजनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५ राजपेडाका बर्ष ३५ का किरण कुमार विकलाई अाफ्नै घरबाट घर पछाडी लुकाई राखेकाे लागू अाैषध गाजा १० किलाे सहित पक्राउ गरेकाे मंगलबार एक सुचना जारी गरि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । पक्राउ परेका विक गत शुक्रबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । निजलाई कानुन बमाेजिम कारवाही अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ ।

