राैतहट ८ साउन
राैतहटकाे गरुडा नगरपालिकाकाे झाझ खाेलामा मंगलबार एक बेवारिसे पुरुषकाे शव फेला परेकाे छ । झाझ खाेलाले बगाउदेे ल्याईरहेकाे अबस्थामा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गरुडा नगरपालिकाकाे वडानम्बर ५ स्थित झाँझखोलमा पहिचान खुल्न नसकेका अन्दाजी ५०–५५ वर्षको पुरुषको शव फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताउनु भयाे । मंगलबार बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए । सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमान्डमा ५ जना र इलाका प्रहरी कार्यालय गरुडाबाट १० जनाको संयूक्त टोलीले उक्त शवलाई बिहान ८ बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकालेको जनाइएकाे छ । शवको हालसम्म पहिचान नखुलेको तथा पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।

