शिव नगरको शिव मन्दिरमा भक्तजनको भीड (तस्वीरसहित)

रुपेन्द्र पटेल
रौतहट, ७ साउन । साउनको पहिलो सोमबार आज रौतहट गरुडा नगरपालिका स्थित शिव नगर रहेको शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा शिव मन्दिर लगायतका भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
भगवान् शिव शंकरका लागि बिहानै देखि भक्तजनको आगमन सुरु थियो । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ ।  साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

करण कुमार मिश्रको सहयोमा खिचिएको तस्विरमा हेरौ शिव नगरमा भक्तजनहरुको भीड

ताजा समाचार

Related Articles