फतुवा बिजयपुरका करार कर्मचारीले मुल गेटमा लगाए ताला

राैतहट २१ असार
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे मुल गेटमा शुक्रबारबाट अनिश्चितकालीन तालाबन्दी गरेका छन । साे नगरपालिकाका करार कर्मचारीहरुकाे तलब भत्ता नपाएकाे भन्दै उनीहरुले मुल गेटमा ताला लगाएर अान्दोलन गरेकाे करार कर्मचारी इन्जिनियर धर्मेन्द्र यादवले बताउनु भयाे । अार्थिक बर्ष २०७९/८० काे बाकी तलब भत्ता र २०८१ असारसम्मकाे तलब भत्ता नगरपालिकाले उपलब्ध गर्नु पर्ने माग गर्दै ताला लगाइएकाे हाे । अाफुहरुकाे माग पूरा नभएसम्म ताला नखाेल्ने र दैनिक कामहरु ठप्प बनाउने उनीहरुले भनाई रहेकाे छ । विगतमा समेत अाफुहरुले तलब भत्ता नपाएकाे भन्दै तालाबन्दी गरेकाे र अब अाफुहरुकाे तलब भत्ता भुक्तानी नभएसम्म नगरपालिकाकाे कुनै काम कारवाही गर्न नदिने फिल्ड सहायक रिना साहले बताउनु भयाे । तलब भत्ताकाे लागि कार्यालय प्रमुख तथा लेखा प्रमुखसंग सम्पर्क हुन नसकेकाे जनाउदै बाध्य भएर नगरपालिकाका ताला लगाउनु परेकाे उनीहरुले बताएका छन ।

ताजा समाचार

Related Articles