राैतहट २२ असार
राैतहटकाे कनकपुरमा सञ्चालित २ दिने स्वास्थ्य शिविरमा ४६० जनाले उपचार गराएका छन । राैतहटकाे गुजरा नगरपालिकाकाे वडा नम्बर ४ स्थित कनकपुर स्वास्थ्य चाैकीमा विहिबार र शुक्रबार २ दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे थियाे । विहिबार १९७ जनाले र शुक्रबार २६३ जना गरि ४६० जनाले स्वास्थ्यकाे चेकजाच गराएकाे स्वास्थ्यकर्मीहरुले बताएका छन । साे शिविरमा निशुल्क अाैषधी समेत वितरण गरिएकाे साे वडाका वडा अध्यक्ष कुमार चाैलागाइले बताउनु भयाे ।

