राैतहट २१ असार
रौतहटको गौर नगरपालिका वडा नं. ३ गौर राईस मिलको पश्चिमतर्फको सडकमा मिति मंगलबार भएकाे छुरा काण्डका ३ जनालाई प्रहरीले पक्राउ गरेका छन । रौतहटको गौर नगरपालिका वडा नं. ३ का बर्ष १६ को सुरज प्रसाद यादव र गौर नगरपालिका वडा नं. ३ बस्ने मित्रा कलेजमा कक्षा १३ मा अध्ययनरत बर्ष १६ को अभिनाश कुमार यादवलाई ईशनाथ नगरपालिका वडा नं. ९ का बर्ष १८ को संजिव गुप्ता, बर्ष २१ को प्रदिप साह र परोहा नगरपालिका वडा नं. ९ का बर्ष १८ को शिवम कुमार सहनीलाई प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेकाे छ । मंगलार निजहरु बिधालय पढ्न जाँदा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा एक आपसमा रिसिईवी रहेको कारणले छुरा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए । निजहरुलाई खोजतलास गर्दै जाँदा निजहरु बसेको घरको कोठामा फेला पारी पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । उनीहरुलाई ज्यान मार्ने उधोग कसूर मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिनु भयाे ।

