राैतहट १९ असार
राैतहटकाे पराेहा नगरपालिकामा बुधबार दलित मुसहर समुदायमा शसक्तिकरण कार्यक्रम सम्पन्न भएकाे छ । साे नगरपालिकाकाे झरिमाई नरसिंह युवा क्लबद्वारा साे कार्यक्रम सम्पन्न गरिएकाे अायाेजक क्लवका राम अार्यले तराई पाेष्टलाई जानकारी दिनु भयाे । शझरिमाई नरसिंह युवा क्लबद्वारा परोहा नगरपालिकाकाे वडा नम्बर ७ र ८ का दलित(मुसहर)समुदायलाई शसक्तिकरणको कार्यक्रम राखिएकाे बताइएकाे छ | साे कार्यक्रमको उदघाटन परोहा नगरपालिका वडा नं.८का वडा अध्यक्ष खेदु मुखियाले पढने विधार्थीहरुलाई कपि कलम बाडेर गरेको गर्नु भएकाे जनाइएकाे छ | साे कार्यक्रममा दलित समुदायका अध्ययन गरिरहेका विधार्थीहरुलाई अध्ययन गर्न उत्प्रेरित हुनको लागि कलम,कापी,नास्ता र फ्रुटी वितरण कार्य गरिएकाे अायाेजकले क्लवले जनाएकाे छ ।

