राैतहट १९ असार।
राैतहट प्रहरीले अवैध लागुऔषध सहित २ भारतीय युवकलाई पक्राउ गरेको छ । रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवश्थामा साे लागुअाैषध सहित प्रकाउ गरेकाे प्रहरीले जनाएकाे छ । भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ । उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा पक्राउ परेका दुवै भारतीय युवकले आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान गाडीको सिटमुनी झोलामा लुकाएर राखेका अबस्थामा पक्राउ गरेकाे हाे । पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

