राम बहादुर बम्जनलाई १० बर्षकाे जेल सजाय

सर्लाही १७ असार

राम बहादुर  बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा १० वर्ष जेल सजाय सुनाएको छ। आफूलाई तपस्वी दाबी गर्दै आएका बम्जनलाई  न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको एक साताअघि नै फैसला सुनाएकाे थियाे । एक सातापछि असार १७ गते बम्जनलाई १० बर्ष जेल सजाय सुनाउँदै अदालतले निजले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि निर्णय दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले तराई पाेष्टलाई  जानकारी दिनु भयाे ।  सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेल सजाय माग गरेका थिए ।  राम बहादुर बमजन बसेको घरमा फेला परेको रु ३ करोड र विदेशी मुद्राको स्रोत खोजी कार्य भईरहेकाे प्रहरीकाे भनाई रहेकाे छ ।  बम्जनले आफू विरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन ।  गत पुसमा प्रहरीले यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई पक्राउ गरी उनीविरुद्ध सुरुमा जाहेरी परेको सर्लाही पुर्याइएकाे थियाे ।

ताजा समाचार

Related Articles