राैतहट १७ असार
राैतहटकाे एक विद्यालयका विद्यार्थीहरु पानीमा नै डुबेर अध्ययन गर्न बाध्य भएका छन। राैतहटकाे दुर्गा भगवती गाउपालिकाकाे वडा नम्बर १ स्थित जनता प्राथमिक अाधारभुत विद्यालयकाे चाैर र कक्षा काेठामा नै पानी जमेपछि उनिहरु साेही जमेकाे पानीमा नै डुबेर शिक्षण क्रियाकलापमा भाग लिदै अाईएकाे पत्रकार महासंघ राैतहटका उपसचिव संजय सहनीले तराई पाेष्टलाई जानकारी दिनु भएकाे छ । केही दिन अगाडी परेकाे बर्षातकाे पानी जमेका कारण साे विद्यालयका विद्यार्थीहरु पानीमा डुबेर पिटि गर्नुका साथै कक्षा काेठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेकाे देख्दा अाफ्नाे अाखाबाट अासु समेत झरेकाे सहनीकाे भनाई रहेकाे छ । पुर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधब नेपालकाे निर्वाचन क्षेत्रमा यस्ताे अबस्था देख्दा अचम्मित भएकाे उहाकाे भनाई रहेकाे छ । गाैरमा राजनिती गर्दै अाउनु भएका सबै नेताहरुले अाफुलाई विकासप्रेमी नेताकाे रुपमा चिनाउन खाेज्ने तर विद्यालयलाई याे अबस्थाबाट उतार्न भने कसैकाे चासाे नदेखिएकाे दुखेसाे ब्यक्त गर्नु भयाे । यसतर्फ सम्बन्धित निकायहरुकाे ध्यान चाडाे जानू पर्ने सहनीले बताउनु भएकाे छ ।

