राैतहट १६ असार
राैतहटमा पछिल्लाे समय सडक दुर्घटनाहरुमा बृद्वि हुँदै गबएकाे छ । शनिबार मात्रै राैतहटकाे जयनगरमा भएकाे दुर्घटनामा परि एक १८ बर्षिय किशाेरी मृत्यु हुनका साथेै दर्जनाै यात्रुहरु घाइते भएकाे थिए । साे घटना सेलाउन नपाउदै पुन अाइतबार टेम्पाे र माेटरसाइ एकअापसमा ठाेकिदा ४ जना घाइते भएका छन । अाइतबार राैतहट सदरमुकाम जोड्ने गौर-चपुर सडक खण्डमा अन्तरगत सुकदेव चौक र भेडियाहीको बिचमा टेम्पो र मोटरसाइकल एक आपसमा ठोकिदा टेम्पोमा सवार चार जना यात्री सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । देवाहीगाेनाहीका ना २ ह ११३३ नम्बरकाे टेम्पाे माेटरसाइकलमा ठाेकिदा टेम्पाेमा सबार ४ जना घाइते भएकाे हुन । साे दुर्घटना परि घाइतेहरूको उपचार सुकदेव चौक स्थित एक अस्पतालमा भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाई रहेकाे छ ।

