राैतहट १५ असार
राैतहटमा शनिबार बिहान बस दुर्घटना हुदा १ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे छ । शनिबार बिहान राैतहटकाे गौर चपुर सडकखण्ड अन्तर्गत पर्ने सखुअवा र जयनगरको बीचमा बस दुर्घटना हुदा गरुडामा ट्युसन पढ्न जाँदै गरेकी माधव नारायण नगरपालिका-३ भेल्हिका १८ वर्षकि छोरी नेहा कुमारी गिरिको घट्नास्थलमा नै मृत्यु भएको मृतकका बुवा शैलेन्द्र गिरिले बताउनु भयाे । गौरबाट विरगन्ज जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस ओभर टेक गर्ने क्रममा सड्कमा पल्टिन पुगेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा नेहा कुमारी गिरीको मृत्यु भएको र ७ जना घाइते भएका छन । घाइते मध्ये एक जना रञ्जु दासको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ । घाइते ७ जनाको ग्राण्डि हस्पिटल झाझपुल गरुडामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । चालकको लापरबाहीका कारण बस दुर्घटना भएको घाइते अविनाश झाकाे भनाई रहेकाे छ ।

