बृन्दावनका स्थानियले ईलाका प्रहरी कार्यालय घेरे , नगर प्रमुख पक्राउ गर्न गरे माग

राैतहट ९ असार
ईलाका प्रहरी कार्यालय गरुडा बृन्दावनका स्थानियले अाइतबार घेराउ गरेका छन । राैतहटकाे बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनाेद पटेललाई पक्राउकाे माग गर्दै  ईलाका प्रहरी कार्यालय गरुडामा  बिराेध जुलुससहित नाराबजी गर्दे घेराउ गरेका हुन । बृन्दावन नगरपालिकामा नदिजन्य पदार्थ उत्खननकाे बिषयमा बिवाद हुदा साेहि नगरपालिकाकाे वडा नम्बर ४ काे वडा अध्यक्ष श्याम नन्दन यादवकाे बलेरीस्थित गाई फार्ममा नगर प्रमुख पटेल पक्षधरले अागजानी गरेकाे जनाइएकाे छ । साे अागजनीमा संलग्नता  रहेका  १४ जनामाथी मुद्दा दायर हुदा समेत पक्राउ नगरेकाेले पिडित पक्षले नाराबाजि गरेका थिए । नगर प्रमुख स्वयम् दाेषी रहेकाले उहालाई पक्राउ गर्नु पर्ने पिडितहरुले माग गरेका छन । दाेषीहरु पक्राउ नगरे कडा अान्दाेलनमा उत्रने पिडित अान्दाेलनकारीहरुले चेतावानि दिएका छन ।

ताजा समाचार

Related Articles