राैतहट ९ असार
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आइतबार गरुडा नगरपालिका-४ गरुडामा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गर्नु भएकाे छ ।४० लाखको लागतमा निर्माण हुने नाला तथा सडक ढलान कार्यको नगर प्रमुख जयसवालले अाइतबार एक कार्यक्रमको आयोजना गरि शिलान्यास गर्नु भएकाे हाे । नगर प्रमुख जयसवाल पछिल्लो समय नगरमा बिकास निर्माण कार्यको तिब्रता दिनु भएकाे स्थानियकाे भनाई रहेकाे छ । साे कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनदन सहनि, वडा नम्बर ३ का वडा अध्यक्ष #अम्बिका सहनि, वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसबाल, समाजसेवी शैलेस जयसबाल, वरिष्ठ टेकनिसियन उपेन्द्र शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

