राैतहट १० असार
राैतहट प्रहरीले अाफ्नै बहिनी हत्या गरेकाे अाराेपमा एक युवकलाई पक्राउ गरेकाे छ । राैतहटकाे पराेहा नगरपालिकाकाे वडा नम्बर ८ नरकटिया टाेलका बर्ष २० का तेतरी कुमारी रामकाे हत्या गरेकाे अाराेप उनैका दाजु बर्ष २२ काे दिपेन्द्र कुमार रामलाई लागेकाे छ । साेही अाराेपमा दिपेन्द्रलाई राैतहट प्रहरीले पक्राउ गरेकाे छ । घरायसी सामान्य विवादको क्रममा दिपेन्द्रले बहिनी तेतरी रामलाई बासको मुङग्रोले टाँउको प्रहार गरेका बताइएकाे छ । गम्भीर घाइते रहेकी तेतरीको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताउनु भयाे । पक्राउ परेका रामलाई ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

