राैतहट प्रहरीद्वारा लैङगिक हिंसा तथा बालबिबाह/बहुबिबाह सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

राैतहट ७ असार
शुक्रबार “समुदाय-प्रहरी साझेदारी”(Community-Police Partnership) कार्यक्रम अन्तर्गत लैङगिक हिंसा तथा बालबिबाह/ बहुबिबाह सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाेे छ । राैतहटकाे दुर्गा भगवती गाउपालिकाकाे वडा नम्बर २ मा रहेकाे सरस्वती माविमा साे कार्यक्रम सम्पन्न भएकाे विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले जानकारी दिनु भयाे ।  समुदाय-प्रहरी विद्यालय सम्पर्क समिति नं.०२ दुर्गाभगवती गाउँपालिकाको सहकार्य र जिल्ला प्रहरी  कार्यालय राैतहटको आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।  सरस्वती मा.वि.को प्रअ राजेन्द्र साहको प्रमुख अध्यक्षतामा यस का.मा कार्यरत रहेका प्र.स.नि. रागनी यादवको कमाण्डमा खटि गएको ५ जना प्र.क.हरु समेतले सोही विद्यालयमा कक्षा-८ देखि १० सम्मका अध्यनरत रहेका विद्यार्थीहरुलाई तथा शिक्षकहरु समेत गरी ६० जना मानिसहरुको सहभागितामा लैङगिक हिंसा तथा बालबिबाह/बहुबिबाह सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles