राैतहट ७ असार
रौतहटको चन्द्रपुर नगरपालिकाको १३ औ नगर सभा शुक्रबार सम्पन्न भएको छ । साे नगर सभाले आर्थिक बर्ष २०८१/०८२ को. लागी १ अर्व ८ करोड १० लाख ४१ ह्जार रुपैया रकम बिनियोजन गरेको छ । नगर उप प्रमुख जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाकाे बजेट विनियजन प्रस्तुत गर्नु भएकाे थियाे । नगर प्रमुख संजय कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न नगर सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी,वाड नं. १ देखी १० सम्मका १० जना वाड अध्यक्ष ,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता जनाएका थिए । सभालाई सम्बाेधन गर्नु हुदै नगर सभाका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले बिकाशको काममा सबै मिलेर अघि बढनुपर्ने बताउनु भएकाे छ । जनताको समस्याको बारेमा सबै तहका जनप्रतिनिधि एकमत भएर अगाडी बढनुपर्ने संसद तिमलसिनाकाे भनाई रहेकाे थियाे । कार्यक्रममा प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले यस क्षेत्रको बिकाशको लागी प्रतिबद्ध भएर अगाडी बढने बताउनु भयाे । रौतहट क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री भट्टराईले चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी तिनै तहको सरकार एकमत हुनुपर्नेमा जाेड दिनु भयाे । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आगामी बजेटमा जनताकाका योजना मात्रै समेटेर ल्याएका जानकारी गराउनु भयाे । जनताका समस्या जहा छ त्यहा नगरपालिकाले बिकाशको योजना पुर्य ाउ ने नगर प्रमुखकाे दावी रहेकाे छ ।

