सर्लाही ७ असार
लोकतान्त्रिक तामाङ संघ, नेपाल मधेस प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनले दिलिप लामाकाे अध्यक्षतामा ३५ सदस्यीय मधेश प्रदेश समिति गठन गरेकाे छ । सर्लाहीकाे लालबन्दी नगरपालिका-६ स्थित मदन आस्रित स्मृति सभाहलमा संघका केन्द्रीय अध्यक्ष बागमती प्रदेशका पूर्व मन्त्री एवम नेकपा एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा अधिबेसन सम्पन्न भएकाे हाे । अधिबेसनले उपाध्यक्षमा द्वय कर्णबहादुर लामा र मिन कुमार घिसिङ, सचिव बालकुमार रुम्बा लामा, उपसचिवमा द्वय क्षेत्र प्रताप गोले र मिनबहादुर मोक्तान र कोषाध्यक्ष रन्जू वाइबा सदस्यहरुमा रामबहादुर घलान , बिनु लामा , चन्द्रबहादुर थिङ सहित ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मतिले चयन गरिएको नवनिर्वाचित सचिव बाल कुमार रुम्बा तामाङले जानकारी दिनु भयाे । कार्यक्रममा लोकतान्त्रिक जनजाति महा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सचिव क्रमशः देव नारायण चौधरी र शान्ती लामा पाख्रीन, लोकतान्त्रिक तामाङ संघ नेपालका केन्द्रीय उपाध्यक्ष द्वय खड्ग बहादुर बोम्जन र अर्जुन लामा वाइबा, तामाङ संघका केन्द्रीय महासचिव एवम नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्ण बहादुर लामा, एमाले प्रदेश कमिटी सदस्यहरु वीरबहादुर गोले, सरिता घिसिङ, गोबिन्द अधिकारी, महासंघका मधेस प्रदेश कमिटी अध्यक्ष दुर्गा ग्याबा तामाङ, नेकपा एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव डिल्ली प्रसाद अधिकारी, उपसचिव द्वय बिवा नेपाल र वलराम यस्माली मगर, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समितिका सदस्य विश्व स्याङ्तान, लोकतान्त्रिक मगर संघका केन्द्रीय सदस्य डोलबहादुर ठाडा मगर, महासंघका तथा तमाङ संघका मधेस प्रदेश भित्र रहनु भएका केन्द्रीय सदस्यहरुकाे सहभागीता रहेकाे थियाे । प्रदेश कमिटी अध्यक्ष दिलिप लामाको सभाध्यक्षतामा लोकतान्त्रिक तामाङ संघ नेपालको मधेश प्रदेशकाे अधिबेसन सम्पन्न भएकाे थियाे ।

