राैतहट ६ असार
राैतहटकाे गाैरमा विहिबार ट्राफिक जनचेतनामुलक कार्यक्रम ट्राफिक सप्ताह २०८१ काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय रौतहटको सहकार्यमा मधेश प्रदेश सरकार गृह, संचार तथा कानून मन्त्रालय , जिल्ला ट्राफिक कार्यालय रौतहट द्वारा आयोजित “ ट्राफिक जनचेतनामुलक कार्यक्रम ( ट्राफिक सप्ताह ) २०८१ उद्घाटन कार्यक्रम ´´ विहिबार।सम्पन्न भएकाे हाे । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह , जिल्ला प्रशासन कार्यालय रौतहटका साहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव , सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, यातायात व्यवस्था कार्यालय रौतहटका प्रमुख, यातायात व्यवसायि, लगायत श्री जुद्ध मा.वि. गौर, रौतहटका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरु गरी अन्दाजी ४०० जनाको सहभागितामा साे कार्यक्रम सम्पन्न,भएकाे जनाएकाे छ । साे कार्यक्रममा विहिबार रौतहट गौर नगरपालिका वडा नं. ३ स्थित बि.पि. चोक देखि गौर नगरपालिकाको कार्यालय सम्म विभिन्न चेतनामुलक प्ले कार्ड सहित र्याली निकालेका िथए । गौर नगरपालिकाको सभाहलमा सम्पन्न उद्घाटन समाराेहकाे प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले उद्दघाटन गर्नु भएकाे थियाे ।

