राैतहट ६ असार
राैतहटकाे गाैर भन्सार कार्यालयबाट एक पक्राउ हुण्डी काराेवारी फरार भएकाे छ । विहिवार श्रोत नखुलेको १४ लाख ८० रुपैया सहित पक्राउ परेका हुण्डी कारोवारीलाई सशस्त्र प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने क्रममा कारोवारी फरार भएका हुन ।सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले नियन्त्रणमा लिएका भारतीय नागरिक पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ बर्षिय गजेन्द्र रायलाई भन्सार कार्यालयमा हुण्डी कारोवारीलाई बुझाएर हिडेकाे र निज रायले शौच गर्ने बहाना बनाई भन्सार कार्यालयको कम्पाउण्ड पर्खालबाट हाम फालेर फरार भएकाे प्रहरीले जनाएकाे छ । सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले विहिवर विहान १० बजे समयमा बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित भन्सार गेटमा विआर ०५ विवि ६२१२ नम्वरको भारतीय नम्वरको मोटरसाइकल चेकजाँच गर्दा सिट मुनी लुकाएर राखेको १४ लाख ८० हजार रुपया सहित भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ बर्षिय गजेन्द्र रायलाई नियन्त्रणमा लिएका थियाे । गौर भन्सार कार्यालयमा १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित हुण्डी कारोवारी गजेन्द्रलाई बुझाउदा मुद्दा नम्बर ७७१ मा दर्ता भएपछि अाफुहरु भन्सार कार्यालयबाट बाहिरिएका सशस्त्र प्रहरीको वेस क्याम्पस सरमुजवाको सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले बताउनु भयाे । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जारी गरेको प्रेस नोटमा भारतीय नागरिक सहित बरामद गरिएका १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको उल्लेख गरेकाे छ तर सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोवारी भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफनो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै सशस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएको प्रतिक्रिया अाएकाेछ । अाफुहरु अर्थ मन्त्रीको भर्चुअल मिटिंगमा व्यस्त रहेको र एक्कसी भन्सार कार्यालयबाट मानिस फरार भएको कुरा सुनेकाे र फरार काराेवारी कार्यालयकाे नियन्त्रणमा नरहेको गौर भन्सार कार्यालयको प्रमुख अमरेन्द्र सिंहले दाबी गर्नु भएकाे छ ।

