कटहरीयामा अपांग सम्मान तथा खेलकुद सामग्री वितरण

राैतहट ६ असार

राैतहटकाे गरुडा नगरपालिकाकाे वडा नम्बर ४ मा वडा अध्यक्षले पुर्ण अपांग भएका ब्यक्तिहरुलाई सम्मान तथा स्थानिय खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेकाे छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयले पूर्ण अपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको वडा कार्यालयले जनाएकाे छ । विहिबार  एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले पूर्ण अपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुुका साथै खेलाडीहरुलाइ खेलकुद सामाग्री गर्नु भएकाे हाे ।  छुुट्टाछुुट्टै कार्यक्रम आयोजना गरि उहाले सम्मान र खेलकुद सामाग्री वितरण गर्नु भएकाे हाे । सो अवसरमा स्थानिय बिनोद साह,आशमहम्द,यूवा नेता दिपक दुुब्बे,शिक्षक अचल शाही लगायतका व्यक्तीहरुको सहभागिता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी दिनु भयाे ।

ताजा समाचार

Related Articles