राैतहट ६ असार।
राैतहटकाे गरुडा नगरपालिकाकाको ११औं नगर सभा विहिबार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ साे नगर सभा सम्पन्न भएको नगरपालिकाले जनाएकाे छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगर सभामा नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८१/०८२ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भई संसोधित बजेट, कार्यक्रम तथा योजनाहरु पारित गरेकाे छ । नगर सभाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करिव ७० करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख पुनम चाैधरीले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएकाे थियाे ।नगर प्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले दिप प्रज्वलन गरी ११ औं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सञ्चारकर्मी,सुरक्षा निकायका पदाधिकारीहरु लगायतका स्थानिय नगरवासीको सहभागीता रहेको थियो

