सर्लाहीकाे बागमतिमा सडक दुर्घटना हुदा ३ काे मृत्यु , ७ घाइते

सर्लाही ६ असार
सर्लाहीमा विहिबार सडक दुर्घटनामा परि ३ जनाकाे मृत्यु भएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीकाे बागमती_नगरपालिका वडा नम्बर १ रायमाझी चोकमा आज विहिबार बिहान यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक एक अापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएकाे छ । साे दुर्घटनामा परी  ७ जना यात्रु घाइते भएका छन । विहिबार बिहान साँढे ६ बजे बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक ठोक्किएर दुर्घटना हुदा ३ जनाकाे मृत्यु हुनुका साथै ७ जना घाइते भएका हुन । दुर्घटना सम्बन्धि अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाई रहेकाे छ ।

ताजा समाचार

Related Articles