राैतहटमा श्रीमतिकाे घाँटी थिचि हत्या गर्ने पक्राउ

राैतहट ५ असार
राैतहटमा श्रीमतीलाई घाँटी थिची हत्या गर्ने एक मानिस प्रहरी पक्राउ गरेकाे छ । गत जेष्ठ ३२ गते बिहान अनुमानित ४ बजे घरमा नै सुतिरहेकाे बेला श्रीमानले घाँटी थिचि श्रीमतीकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । राैतहटकाे राजपुर नगरपालिका वडा नम्बर ५ मदनी चाैक घर भएका बर्ष ३४ कम मसुद अालम  लहेरीले अाफ्नाे श्रीमती बर्ष ३७ कि नजाबुन  नेसाकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिनु भयाे । पक्राउ परेका अालमलाई अनुसन्धान गर्दा अाफुले श्रीमतिलाई घाँटी थिचेर हत्या गरेकाे स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ । निज अालममाथि ज्यान सम्बन्धि मुद्दा दर्ता गरि कारवाही चलाइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । अनुसन्धान भईरहेकाले किन हत्या गरेकाे हाे भन्ने कुरा अउन बाकी रहेकाे जनाइएकाे छ ।

ताजा समाचार

Related Articles