राैतहट २ असार
राैतहटकाे वागमति नदीले बगाएर ल्याएकाे बेवारिसे शव फेला परेकाे छ । राैतहटकाे राजदेवी नगरपालिकाकाे वडा नम्बर ५ पटाहीकाे गढैयामा शनिबार बागमति नदीकाे किनारमा पानीमा बगाई ल्याएकाे बेवारिसे लास फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । साे बेवारिसे शवकाे नाम थर वतन नखुलेकाे अन्दाजि २४/२५ बर्षकाे तराई मुलुककाे जस्ताे देखिने एक पुुरुषकाे शव पानीमा घाेप्टाे परेर तैरिरहेकाे अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेकाे थियाे । साे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्र.नि. उमाशंकर प्रसादको कमाण्डमा प्रहरी टोली खटी लाशकाे जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरि प्रादेशिक अस्पताल गाैरमा राखिएकाे प्रहरीले जनाएकाे छ । मृतकको हालसम्म कुनै पहिचान नखुलेको र मृत लाश पो.मा.को लागि प्रादेशिक अस्पताल गौर रौतहटमा सुरक्षित साथ राखिएको समेत प्रहीले बताएकमे छ । मृतकलाई चिन्न सक्ने व्यक्ति,आफन्त तथा परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क राख्न हुन नि.अनुरोध गरेकाे छ । प्रहरीलाई 100 , 9855090374 , 9855040999 नम्बरमा निजलाई चिन्नु हुने ब्यक्तिले सम्पर्क गर्न व्यहोरा अनुरोध गरेकाे छ ।

