राैतहटकाे एक समुहद्वारा बारामा खुकुरी प्रहार

राैतहट ५ असार
राैतहट एक समूहले बारामा खुकुरी प्रहार गरेकाे छ । बाराकाे निजगढ नगरपालिकाकाे वडा नम्बर १२ रामथलीका भिमलाल गाेले घमा सुतिरहेकाे अबस्गामा अज्ञात समुहले मध्यरातका खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएकाे छ । राती एक्कासी खुकुरी प्रहार भएपछि गाेलेले गाउलेलाई गुहारेका थिए । खुकुरी प्रहार गर्ने मान्छेकाे पहिचान खुल्न सकेकाे छैन । तर खुकुरी प्रहार गर्न अाउदा प्रयाेग भएकाे ग २४ प ७०४६ नम्बर माेटरसाइकल भने राैतहटकाे गुजरा नगरपालिकाकाे वडा नम्बर ३ घर भएका एमामुल ईक देवानकाे नाममा रहेकाे खुल्न अाएकाे छ । साेही माेटरसाइकलकाे अाधारमा खुकुरी प्रहार गर्नु समूह राैतहटकाे हुन सक्ने प्रहरीले अाशांका गरेकाे छ । खुकुरी प्रहारबाट गम्भीर घाइते हुनु भएका भिमलाल गाेलेकाे हेटाैडाकाे चुरेहिल अस्पतालमा अाइसियुमा भर्ना गरि उपचार भईरहेकाे छाेरा संजय गाेलेले बताउनु भयाे । गाेलेकाे कसैसंग दुश्मनी नरहेकाे तर किन गाेलेलाई खुकुरी प्रहार भाे स्थानिय अनविज्ञ रहेकाे उनीहरुले बताएका छन । खुकुरी प्रहार गर्न अाउदा प्रयाेग भएकाे माेटरसाइकलकाे पहिचान खुलेकाे त्यसैकाे अाधारमा अपराधी पक्राउ गर्ने प्रहरीले जनाएकाे छ । थप अनुसन्धान समेत प्रहरीले बढाएकाे इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ ।

ताजा समाचार

Related Articles