राैतहट २ असार
राैतहटकाे गाैरमम अाईतबार एक युवककाे शव फेला परेकाे छ । राैतहटकाे गाैर टिकुलियाका २० बर्षिय युवक राेहित सहनीकाे केरा बारीमा मृत्यु भएकाे अबस्थामा शव फेला परेकाे मृतकका दाजु संजय सहनीले बताउनु भयाे । सहनीले अाफ्नाे भाईकाे कुटपिट गरि हत्या गरेकाे बताउनु भएकाे छ । मृतक घरबाट शौच गर्न निस्किएक पारिवारिक स्राेतले जनाएकाे छ । उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले बताउनु भएकाे छ । घटनाबारे अाफुलाई जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगी अनुसन्धान शुरु गरेकाे प्रवक्ता गिरीका बताउनु भयाे । मृतकका दाजु संजय सहनीले हत्या गरेकाे अाराेप लगाएपनि हत्या हो वा होइन अहिले भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाई छ । सहनीकाे भनाई अनुसार भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको बताउनु भएकाे छ ।

