राैतहट २ असार
राैतहटकाे कटहरिया नगरपालिकामा बर्थिङ सेन्टर भवनकाे शिलान्यास गरिएकाे छ । राैतहटकाे कटहरीया नगरपालिकाकाे वडा नम्वर ३ बिति प्रष्टाेकामा एक समाराेहका बिच बर्थिङ सेन्टर भवनकाे शुक्रबार नगर प्रमुख अजय प्रकाश जयसवालले शिलान्यास गर्नु भएकाे हाे । शिलान्यास कार्यक्रममा नगर प्रमुख जयसवालले स्वास्थ्य क्षेत्रलाइ विशेष प्राथमिकता दिएर आफूले काम गरिरहेको बताउनु भएकाे छ । ग्रामीण भेगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गर्न अति अावश्यक भएकाले साेकाे भवन निर्माण गराउन लागीएको उहाकाे भनाई रहेकाे थियाे । नगरपालिकाबाट निर्माण भइरहेको भवनमा बजेट अपुग भए आफूले आउँदो वर्षमा बजेट थपेर काम सम्पन्न गराउने प्रतिबद्धता समेत जयसवालले जनाउनु भयाे ।

