राैतहट १ असार
राैतहटकाे गरुडा नगरपालिकाकाे अाफ्नै प्रशासकिय भवन निर्माण हुने भएकाे छ । राैतहटकाे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले शुक्रबार एक समाराेहका बिच साेही नगरपालिका वडा नम्बर ४ गाेरू बजारमा साे भवन स्थापनाका लागि शिलान्यास गर्नु भएकाे छ । नगरपालिकाले हालसम्म भाडाकाे घरमा अाफ्नाे कार्यहरु सञ्चालन गर्दै अाएकाे छ । नगरपालिकाकाे भवन बनेपछि अाफ्नै भवनबाट सबै कामहरु सञ्चालनमा अाउने जयसवालले बताउनु भएकाे छ ।

