गैडाटारका प्रधानाध्यापकले पुन श्रीमति नियुक्ति गरेपछि चौतर्फी बिरोध

रौतहट ३१ जेष्ठ

राैतहटकाे गैडाटारमा एक प्रधानाध्यापकले श्रीमतिलाई सुटुक्क नियुक्त गरेकाे खुलासा भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारस्थित जनहित सामुदायिक विद्यालयका प्रधानाध्यापक वीर बहादुर विकले श्रीमती मनका विकलाई सुटुक्क बाल विकास सहजकर्तामा पुन नियुक्ति गरेकाे खुलासा भएकाे छ । जनहित सामुदायिक अाधारभुत विद्यालय गैडाटारका प्रअ विर बहादुर विकले बालबिकास काेटामा खुसुक्क श्रीमती मनका विकलाई २०७९ साल मंसिर २१ गते पनि नियुक्त गरि विद्यालयमा हाजिर गराएका थिए । स्थानियले ताला लगाएपछि विककाे नियुक्ति बदर भएकाे थियाे । त्यति बेला चन्द्पुर नगरपालिका शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डललाई निज प्रअ विकले २ लाखकाे लेनदेन गरेकाे समेत उनैका श्रीमती मनका विकले सहकर्मीहरुलाई बताएकाे खुलासा भएकाे छ । प्रअले पहिलाे पटक स्थानियकाे िबराेध पछि श्रीमती नियुक्त गर्न चुकेपछि अार्थिक प्रभावले शिक्षा शाखा प्रमुख मण्डलले साेही विद्यालय नया बाल काेटा थप गरि विककाे श्रीमतीलाई सुटुक्क नियुक्त गरेकाे खुल्न अाएकाे हाे । शिक्षण गर्नका लागि शिक्षक लाइसेन्स अनिवार्य हुने भएपनि लाइसेन्स समेत नभएकाे मनका विकलाई सेटिङमा नै पुन नियुक्त गरेपछि चर्काे बिराेध भएकाे छ । शिक्षाा नियमावली अनुसार विद्यालयमा सहजकर्ता पद रिक्त रहेकाे अबस्थामा शिक्षक लाइसेन्स भएकाे ब्यक्ति मात्रै याेग्य मानिन्छ । याेग्य अावेदकले लिखित , अन्तरवार्ता , प्रयाेगात्मक परीक्षा दिनु पर्ने प्रावधान रहेकाे भएपनि प्रअ विकले श्रीमतिलाई सुटुक्क नियुक्ति गरि विद्यालयमा शिक्षणा गर्न लगाएका छन । दैनिक हाजिरी रजिस्टारमा भने हाजिर गर्न नदिइएकाे तर शिक्षण गर्न विद्यालयमा दैनिक जाने गरेकाे स्थानियले बताएका छन । आर्थिक प्रभावमा पारी शिक्षा शाखाका प्रमुख मण्डलले सो विद्यालयमा थप नया बालबिकास सहजकर्ताको कोटा पारेर प्रअ विकले सुटुक्क आफ्नै श्रीमतिलाई नियुक्त गरेको बताएको छ । गत २०७९ साल मंसिर २१ गते पहिलो पटक पनि प्रअले श्रीमतिलाई सुटुक्क नियुक्ति गरेका थिए । स्थानियले आक्रोसमा विद्यालयमा ताला लगाएपछि सो नियुक्ति बदर गरेका थिए । उक्त बेला शिक्षा शाखा प्रमुख मण्डलले लेनदेन गरेकोले पुन थप बाल कोटा विद्यालयमा पठाएको र सोही कोटामा विकले पुन श्रीमतिलाई नियुक्त गरेको खुलासा भएको हो । स्थानियले पुन सो नियुक्ति बदर गरि खुल्ला विज्ञापन गर्नु पर्ने माग गरेका छन । विकले आफ्नै श्रीमति मनका विकलाई नगर शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डललाई आर्थिक प्रभावमा पारी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , वडा अध्यक्षकाे सहमतिमा पुन नियुक्त गरेकाे खुलासा भएकाे हाे । निज मनका विक कुन काेटा कसरी कुन स्राेतबाट नियुक्त गरिएकाे हाे अाफुलाई केही जानकारी नभएकाे एक विद्यालय ब्यबस्थापन समितिका सदस्यले तराई पोष्टलाई बताएका छन । तत्काल निज प्रअ विकको श्रीमतिलाई अध्ययन अध्यापनमा रोक लगाई नियमबमोजिम नियुक्ति प्रक्रिया अगाडी बढाउनु पर्ने अभिभावकहरुले माग गरेका छन । एक पटक स्थानियको बिरोध गरेर नियुक्ति बदर गरेको विकको श्रीमतिलाई पुन कुन कोटामा , कुन स्रोतमा र शिक्षाको कुन नियमावलीका आधारमा विद्यालयमा अध्यापन गराउन अनुमति दिइएको विद्यालयका शिक्षक शिक्षिकाहरुलाई कुनै अत्तोपत्तो नभएको बताएका छन । एक्कासी बालविकास सहजकर्तामा रुपमा विद्यालयमा अध्यापन गर्न प्रधानाध्यापक विकको श्रीमति मनका विक आएको अरु केही थाहा नभएको शिक्षकहरुको भनाइ रहेको छ । विद्यालय ब्यबस्थापन समितिको बैठक समेत नबसी आफ्नै मनोमानीका साथ प्रअले आफ्नो श्रीमतिलाई नियुक्त गरि सकेको भनि स्थानियले बिरोध गरेको जनाइएको छ । विद्यालय ब्यबस्थापन समिति र वडा अध्यक्ष समेत प्रभावमा पारी प्रधानाध्यापक विकको अबैधानिक , नियतवस कार्यमा साथ र सपोर्ट गरेपछि आफुहरु चिन्तित भएको एक वडा सदस्यले बताउनु भएको छ । दक्ष सक्षम भएको खण्डमा प्रअले आफ्नै परिवारका सबै सदस्यहरुलाई सो विद्यालयमा नियुक्ति गरेपनि कुनै आपति नरहेको तर उहाको श्रीमति कुनै पनि दृष्टिकोणबाट सो पदका लागी दक्ष नरहेकाले आफुले असहमति जनाएको वडा सदस्य जिस्मिता विकको भनाइ रहेको छ । त्यसैगरि पटक पटक चन्द्रपुर शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डललाई समेत यस सम्बन्धमा गुनासो राख्दा यस्तो कार्य आफुले नगरेको भन्दै पन्छिने गरेको र प्रअ विकलाई बिरोध आइरहेको छ मिलाउनुस भन्ने गरेको समेत रहस्य खुलेको छ । तत्काल प्रधानाध्यापक विकलाई समेत सरुवा गर्नु पर्ने माग स्थानियले गर्न थालेका छन । पुर्व प्रधानाध्यापकहरुले सो विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिइएको तर विकको नियुक्ति पछि विद्यालयमा अध्ययन अध्याापनको वाताबरण नै नरहेकाले विद्यालयको बदानाम नै भएको स्थानिय एक शिक्षकले बताउनु भयो ।

ताजा समाचार

Related Articles