रौतहट ३१ जेष्ठ
ौतहटको कटहरियामा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाको आयोजनमा सो कार्यक्रम सम्पन्न भएको कटहरीया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिनु भयो । सदाचार निष्पक्षता निर्भिक्तता भन्ने नाराका साथ सो अन्तरक्रिया कार्यक्रम गरिएको नगर प्रमुख जयसवालले बताउनु भएको छ । कार्यक्रममा सहभागीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका उपसचिव गोविन्द प्रसाद गौतमले प्रशिक्षण दिनु भएको थियो । नगर प्रमुख अजय प्रकाश जयसवाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम कटहरीया नगरपालिकामा रहेको विवाहभवनमा भएको हो । कार्यक्रममा प्रहरी निरिक्षक विमल गिरी , कटहरिया नगरपालिकाका नगर उपप्रमुख रिता देवी यादव , प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान , कार्यपालिका सदस्यहरु , वडा अध्यक्ष , सदस्यहरु विद्यालयका प्रधानाध्यापकहरु लगायत पालिकाका कर्मचारीहरुको सहभागीता रहेको जनाइएको छ ।

