राैतहट २९ जेष्ठ
राैतहटकाे गरुडा नगरपालिकामा फुसका घर भएकाहरुलाई फुसकाे छानामुक्त गर्न जनही ४५ हजारकाे चेक हस्तान्तरण गर्नु भएकाे छ । मंगलबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले साे रकमकाे,चेक हस्तान्तरण गरेकाे गरुडा नगरपालिकाले जनाएकाे छ । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ल्याएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तरगत रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले मंगलबार वडा नं ३ मलाही टोलका ४९ घर परिवारलाई पहिलो किस्ता स्वरुप ४५ हजार रुपैया बरावरको चेक हस्तान्तरण गर्नु भएका छ । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ती निम्तिने गरेको कारण फुसको छानो विस्तापित गरी जस्ता पाता लगाउन यस्तो अनुदान दिईएको जयसवाले बताउनु भयाे । फुसको छानो मुनि बस्नुपर्ने गरिब तथा विपन्न समुदायको अवस्थाको अन्त्य गर्न गरुडा नगरपालिकाले समन्वय र सहकार्यको लागी हरदम तयार रहेको उहाँको भनाई रहेकाे छ ।

