राैतहट २९ जेष्ठ
राैतहटकाे गाैरमा मुद्दा मिलाई दिने भन्दै माेठाे रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रशासन कार्यलय गाैर परिसर अगाडि अनुचित लेनदेनका निवेदन तथा मुद्दाहरु मिलाई दिन्छु भन्दै जनही ५० हजारका दरले असुली गर्दै अाईरहेका सुचनाका अाधारमा साेमबार शंकास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्लय गाैरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । पक्राउ पर्नेमा देवाही गाेनाही नगरपालिकाकाे वडा नम्वर ७ का बर्ष ४५ का भराेसी साह रहकाे गिरीले बताउनु भयाे । पक्राउ परेका साहलाई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

