राैतहट , २७ जेष्ठ
राैतहटकाे चन्द्रपुरमा साहित्य गाेष्टि गजल तथा मुक्तक साझ कार्यक्रम अाईतबार सम्पन्न भएकाे छ । साहित्य सञ्जाल रौतहट तथा स्रष्टा समाज नेपालको विशेष आयोजनामा र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा कविता, गीत, गजल र मुक्तक साँझ सम्पन्न भएको हाे । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेको प्रमुख आतिथि तथा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी विशिष्ट अतिथि रहनु भएको उक्त कार्यक्रममा काठमाडौं , मकवानपुर ,सिन्धुली ,रामेछाप र सर्लाहीबाट आमन्त्रित करीब दुई दर्जन मुक्तककार ,गजलकार तथा कविहरूले अम-अाफ्नाे प्रतिभा वाचन गरेका थिए । आमन्त्रित अतिथिहरूलाई नै बढी समय दिइएको उक्त कार्यक्रममा केही स्थानीय कविहरूले समेत रचना वाचन गर्नु भएको थियोे । आमन्त्रित अतिथिहरू बाबू त्रिपाठी , प्रज्जवल अधिकारी ,लोकेन्द्र डहरे, रूपक वनवासी, धनमाया राई , माधव पोखरेल , शान्ति शर्मा , डि बि बर्तौला, सन्ध्या सापकोटा , बाबुराम श्रेष्ठ, आदिले वाचन गर्नु भएका रचनाले विशेष र महत्त्वपूर्ण समय लिएको थियाे । कार्यक्रममा क्षण क्षणमा भएको गीत गजल, मुक्तकको वर्षाले दर्शक तथा स्रोतालाई करीब चार घण्टासम्म स्थिर राखेको दर्शकहरुले बताएका छन । दर्शक तथा स्रोताको वाहवाही वीच रचनाको वाचन र पुर्नवाचनको सिलिसलाले कार्यक्रमभर महत्त्वपूर्ण साहित्यक रौनक सिर्जना भएकाे अायाेजकले जनाएकाे छ । उक्त कार्यक्रममा नेपाली बाल साहित्य तथा आख्यानका क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका स्रष्टा माधव सयपत्री र साहित्य सञ्जाल रौतहटका सल्लाहकार सपूत कार्की , डा. शालिग्राम शर्मा , अनन्त कोइराला , हरिकृष्ण काफ्ले र कार्यक्रमको संयोजनमा विशेष भूमिका निर्वाह गर्ने सञ्जालका सदस्य श्यामहरि चौँलागाईलाई विशेष सम्मान अर्पणसमेत गरिएको थियोे । कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथि दिनेश अधिकारीले कविता लेखनमा क्रियाशील युवा कविहरू वीच आफ्नो कविता लेखनका अनुभव , कविताबारे आफ्नो विचार र धारणा व्यक्त गर्दै कविमा विशुद्ध रूपमा स्वतन्त्रता , निरपेक्षताको भाव , शब्द तथा भनाइमा मौलिकपन नआएसम्म कविको परिचय स्थापित नहुने धारणा राख्नु भएको थियो । त्यस्तै प्रमुख अतिथि रहनु भएका चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले यस्ता साहित्यिक गतिविधिमा नगरपालिका सदैव साथ सहयोग रहने धारणा व्यक्त गर्दै अन्त्यमा गीतसमेत गाएर सुनाउँदा कार्यक्रम हलमा उत्साहित माहौल सिर्जना भएको थियोे । कार्यक्रमको अन्त्यमा डा. शालिग्राम प्रतिभा पुरस्कारको २०८१ को संस्करण चन्द्रपुरका विशिष्ट कवि तथा उपन्यासकार व्यक्तित्व अनन्त कोइरालालाई प्रदान गरिने घोषणा समेत गरिएकाे छ । कार्यक्रम आयोजनामा विशेष सहयोग गर्ने चन्द्रपुर नगरपालिका र अन्य संघ, सस्था र व्यक्तित्वप्रति कृताज्ञता व्यक्त गर्दै सभाध्यक्ष तथा साहित्य सञ्जालका अध्यक्ष माधव काफ्लेले सामपन मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

