राैतहट २७ जेष्ठ
राैतहटका एक युवककाे मलेसियाका मृत्यु भएकाे छ । राैतहटकाे कटहरिया नगरपमलिकाकाे वडा नम्बर ३ बडका बरेडवाका बर्ष २६ का राकेश कुमार साेनारकमे सडक दुर्घटनामा परि मृत्यु भएकाे मृतकका बुवा अबधलाल साह साेनारले बताउनु भयाे । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका साेनारकाे दुर्घटनामा परेर मृत्यु भएको हाे ।
अाफुले काम गरेकाे मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेष्ठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको शव १० दिनपछी शनिवार साँझ घरमा ल्याएर गए अाईतबार अन्यष्टी गरिएको परिवारले जनाएकमे छ । हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाह संस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन । मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेका छन । एकवर्ष पहिलादेखि साेनार बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

