राैतहटका प्रजापति १० लाख ८७ हजार ठगी अाराेपमा पक्राउ

राैतहट २७ जेष्ठ,
रसिया पठाउने प्रलाेभन देखाई १० लाख ८७ हजार रकम ठगी गरेकाे अाराेपमा राैतहटका राहुल कुमार प्रजापति पक्राउ परेका छन । विद्यार्थी भिसामा रसिया देश पठाई दिन्छु भनि ठगि गरेकाे पिडित जितेन्द्र कुमार यादवले बताउनु भयाे । नेपाल स्थित रसियन दूतावासबाट जारी भएको भनी नक्कली कागजातहरु देखाई बिश्वासमा पारी अाफुलाई ठगी गरेकाे पिडितकाे भनाई रहेकाे छ । रौतहटकाेौतहटकाे यमुनामाई गाउँपालीका वडा नं. २ का जितेन्द्र कुमार यादवसँग १० लाख ८७ हजार रकम ठगेको आरोपमा प्रहरीले सोही पालिकाका राहुल कुमार प्रजापतिलाई पक्राउ गरेको जनाइएकाे छ । पक्राउ परेको प्रजापतिलाई ठगी तथा आपराधिक लाभ संम्वन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles