सर्लाही २७ जेष्ठ
लोकतान्त्रिक तामाङ संघ नेपालको सर्लाहीको प्रथम ऐतिहासिक भेला शनिबार सम्पन्न भएको छ । सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ११ स्थित सभा हलमा सो संघका केन्द्रिय उपाध्यक्ष खड्क बहादुर बोम्जनको प्रमुख आतिथ्यतामा सो भेला शनिबार सम्पन्न भएको मधेश प्रदेशका इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष बोम्जनले तराई पोष्टलाई जानकारी दिनु भयो । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक तामाङ संघको सो भेलाले जय बहादुर गोलेको अध्यक्षतामा २१ सदस्यीय सर्लाही जिल्ला कमिटि गठन भएको जनाइएको छ । सो भेलाले अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मदनकुमार तामाङ,सचिव राजु लो तामाङ,उपसचिव रितादेवी घिसिङ.उपसचिव निर्मल घिसिङ,कोषाध्यक्ष पबीमाया पाख्रीन र अन्य सदस्यहरु निर्वाचित हुनु भएको जनाइएको छ । कार्यक्रम संघका केन्द्रिय कमिटी उपाध्यक्ष एवम प्रदेश ईन्चार्ज खड्ग बहादुर बम्जनको प्रमुख आतिथ्यता तथा विशेष अतिथि महासंघ केन्द्रिय सचिव शान्ती लामा पाख्रीन, हरिवन नगरपालिकाकि उपमेयर हरीमाया घलान, अन्य अतिथिहरुमा महासंघका केन्द्रिय सदस्य एवम पार्टी प्रदेश कमिटी सदस्यहरु क्रमशः सरिता घिसिङ, वीरबहादुर गोले, पार्टी प्रदेश कमिटी सदस्य एवम किसान महा संघका केन्द्रिय सदस्य राजकुमार उप्रेती, पार्टी प्रदेश कमिटी सदस्य एवम हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुल , पार्टी सर्लाही जिल्ला कमिटी उपाध्यक्ष बिदुर प्याकुरेल, महासंघका केन्द्रिय सदस्य एवम पार्टी जिल्ला कमिटी उपसचिव बलराम यस्माली मगर, तामाङ संघका केन्द्रिय सदस्य क. हरीमाया लामा,महासंघ सर्लाही जिल्ला अध्यक्ष एवम पार्टी जिल्ला कमिटी सदस्य चन्द्रबहादुर दोङ, पार्टी जिल्ला कमिटी सदस्यहरु निर्मला लामा, प्रदीप ब्लोन, लक्ष्मी मगराती बलमपाखी, किरण कुमार थिङ, पार्टी हरिवन नगरकमिटी अध्यक्ष सिताराम पोख्रेल तथा नगर उपाध्यक्ष रन्जू बल, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य एवम प्रेस चौतारी नेपाल सर्लाही जिल्ला सचिब राजु लो तामाङ, चतुरभुजेश्वर जनता क्याम्पस सुखेपोखरीका व्यवस्थापन समितिका पूर्व अध्यक्ष वसन्तकुमार ब्लोन, आयोजक तामाङ संघ नेपालका मधेस प्रदेश कमिटीका पदाधिकारीहरु उपाध्यक्ष कर्णबहादुर लामा, उपसचिव बालकुमार रुम्बा, कोषाध्यक्ष रन्जू वाइबा, सदस्य दलबहादुर लामा लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमका सभाध्यक्ष संघका प्रदेश कमिटी अध्यक्ष दिलिप लामा बम्जन रहनु भएको थियो ।

