रौतहट २० जेष्ठ
रौतहटको गौर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएके छ । नेपाल कृषि प्रधान देश र रौतहटको गौर तराई क्षेत्रमा विभिन्न किसिमका तरकारी खेती किसानहरु पनि अत्यााधिक रहनुका साथै पशुचौपायाहरुमा रोगहरु लाग्ने समयमा तरकारी तथा पशु चौपायाहरुलाई सहज नै बजार र पशु अस्पतालमा पुर्याउन समस्या भएकाले आफुले गौर नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख शम्भु साहले बताउनु भएको छ । किसानहरुले समयमा नै विरामी भएका पशुहरु समयमा नै पशु अस्पतालमा पुर्याउन नसक्दा मृत्यु हुने गरेकाले तत्काल अस्पतालसम्म पशुहरुलाई पुर्याउन समेत सहज हुनेमा नगर प्रमुख विश्वस्थ रहेको उहाले दावी गर्नु गयो । कृषि उपजलाई प्रोत्साहन तथा पशुपंक्षी सम्बन्धित स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले आइतबारबाट गौर नगरपालिकामा कृषि एम्बुलेन्स थपिएको छ ।

