रौतहटको समनपुरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रौतहट १९ जेष्ठ
रौतहटको समनपुरमा शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रौतहटको गढिमाई नगरपालिकाको वडा नम्बर १ समनपुरस्थित शंकर गुदर माध्यामिक विद्ययालयमा शनिबार सो शिविर सम्पन्न भएको नेपाली सेना विरदल गण रौतहटले जनाएको छ । नेपाली सेना विरदल गणको अगुवाइ , गढिमाई नगरपालिका समनपुर रौतहटको सहकार्य र विभिन्न संघसंस्थाहरुको सहयोगमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविरमा स्वास्थ्य चेकजाच गर्न आउनु हुने सेवाग्राही लगायत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायतका ब्यक्तिहरुलाई प्रभु बैक गौर शाखाका प्रमुख दिनेश कुमार कर्णले शुद्ध खानेपानी , खाजा र चकलेटको ब्यवस्था गरेको आयोजक नेपाली सेना विरदल गणका गणपति प्रमुख सेनानी गंगा विष्टले तराई पोष्टलाई जानकारी दिनु भयो । शिविरमा रौतहका विभिन्न पालिकाका सर्वसाधरण , शिक्षक , बुद्धिजिवी , सञ्चारकर्मी लगायत स्थानियको बाक्लो सहभागीता रहेको थियो ।

ताजा समाचार

Related Articles