रौतहट १८ जेष्ठ
रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिको धानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले प्रहरी गस्ति गर्दै जाने क्रममा ईशनाथ नगरपालिकाको वडा नम्बर ४ को सडक हुदै भन्सार छलिका ३ हजार ४ सय किलो ९० बोरा धान चोरी पैठारी गरि ल्याउदै गरेको अबस्थामा राजपुर नगरपालिकाको वडा नम्बर ६ का बर्ष ४२ को अमर साह पक्राउ परेको प्रहरीले जनाएको छ । सो धानको अनुमानित मुल्य १ लाख ४९ हजार ६०० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धान गरि कारवाहीका लागी जिल्ला भन्सार कार्याल गौरमा दाखिला गरिएको जिल्लम प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

