हावाहुरीले गैडाटारमा केरा खेती क्षतिग्रस्त , तत्काल क्षतिको एकिन गरि क्षतपिुर्ति गर्न माग

रौतहट १८ जेष्ठ
रौतहटको चन्द्रपुर नगरपालिकाको गैडाटारमा विहिबार परेको भारी बर्षासंगै आएको हावाहुरीले केरा खेतीमा ठुलो क्षती गरेको छ । पछिल्लो समय रौतहटको गैडाटार केरा खेतीको हब बन्दै गएको थियो । अहिले अधिकांस स्थानिय किसानहरु केरा खेती तर्फ आकर्षित हुदै आत्मानिर्भरतर्फ अगाडी बढ्दै थिए तर विहिबारको हावाहुरीसगै आएको बर्षाले सो केरा खेतीमा ठुलो क्षती गरेको स्थानिय केरा किसान देवी बहादुर कार्कीले तराई पोष्टलाई जानकारी दिनु भयो । अन्य ब्यावसायी गर्न स्थानियसग कुनै सिप नभएकाले लामो समयसम्म खेती नै गर्दै आएकाले ऋण गरेरै केरा खेती गरियो तर प्रकुतिले पनि किसानलाई नै दुख दिने गरेको किसानहरुको भनाई रहेको छ । संघिय , प्रदेश र स्थानिय तह तिनै तहको सरकारले किसानहरुले लगाइएको बालीहरुमा विभिन्न कारणले क्षति वा नोक्सान भएमा क्षतिपुर्ति स्वरुप किसानहरुको क्षतिग्रस्त क्षेत्रमा अनुगमन गरि सोही बमोजिम क्षतिपुर्ति दिने ब्यबस्था गर्नु पर्नेमा उनीहरुले माग गरेका छन । मुलुकमा बेरोजगारीको समस्याले ग्रस्त भएको अबस्थामा केरा  खेतीले केही हदसम्म रोजगारी सिर्जना गर्ने तथा पारिवारिक समस्या समाधान गर्ने आम्दानीको स्रोत बन्ने गरेको अर्का गैडाटारका केरा खेती किसान नर बहादुर रानाले बताउनु भयो । तत्काल स्थानिय सरकारले गैडाटारमा लगाइएका केरा खेतीमा के कति क्षति गरेको छ सोको विवरण एकिन गरि यथासिघ्र क्षतिपुर्तिको ब्यबस्था गर्नु पर्ने किसानहरुले माग गरेका छन ।

ताजा समाचार

Related Articles