राैतहटमा हावाहुरीसहितकाे भारी बर्षाले चन्द्रपुर अन्धकार , बालीनालामा क्षति किसान मर्कामा

राैतहट १७ जेष्ठ
राैतहटमा विहिबार हावाहुरी सहित भारी बर्षाले खेतमा लगाइएकाे मकै बाली र विजुलीका पाेलहरु ढलेर विद्युत अवराेध भएकाे छ । विहीबार साझँको हावाहुरी सहितकाे भारी बर्षाले स्थानिय किसानका मकै बाली ढलेर भुईमा लत्तारीएकाे छ । ठुलाे हावाहुरीले रौतहटको विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । राैतहटकाे कटहरिया फिडरको हर्षाहा र चन्द्रपुरमा पोल ढलेर विद्युत अवराेध भएकाे छ । चन्द्रपुर नगरपालिकामा एक सय भन्दा बढि बिजुलीको पोलहरु भाचिएको स्थानियले जानकारी दिएका छन । हावाहुरीसँगै परेको वर्षाले बिजुलीको पोलमा क्षति पुग्दा राैतहटका अधिकांश ठाउँमा विद्युत अवरुद्ध भएको जनाइएकाे छ । हावाहुरीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नगरपालिको क्षेत्र लगायतका स्थानमा विद्युत अवरुद्ध भई स्थानिय अन्धकारमा नै बस्न बाध्य भएकाे नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जानकारी दिएकाे छ । त्यसैगरि राैतहटकाे कटहरिया फिडरको हर्साहामा ११ केभीको पोल ,  मौलापूर फिडरको फतुवा बिजयपुरको लाइन हावाहुरीको कारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण  मौलापुर वितरण केन्द्रले जानकारी दिएकाे छ । साे हावाहुरीले किसानहरुले लगाइएकाे फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा किसानहरु मर्कामा परेका छन । हावाहुरीले के कति क्षति गरेकाे छ साे काे एकिन विवरण शुक्रबार मात्रै अाउने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

ताजा समाचार

Related Articles